घुस लिँदालिँदै इन्सपेक्टर नै रङ्गेहात समातिए

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्सपेक्टर रामकिशोर शाह घुस लिँदालिँदै पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठगी मुद्दा मिलाई दिने नाममा घुस लिइरहेको अवस्थामा शाह पक्राउ परेको जनाएको छ।
अख्तियारका अनुसार शाहले सेवाग्राहीसँग ९० हजार रुपैयाँ घुस लिएका थिए।

