इन्सेकले भन्यो बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्दैन - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

इन्सेकले भन्यो बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्दैन



काठमाडौं– सरकारले नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिएर छाड्न लागेकोमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले भर्त्सना गरेको छ। उनको कैद माफी प्रक्रिया रोक्न इन्सेकले माग गरेको हो।

बिहीबार विज्ञप्ति जारी गरी इन्सेकले नियम मिचेर सरकारले उनलाई माफी दिन लागेको दाबी गरेको छ।

गम्भीर अपराधमा संलग्न नेतालाई राजनीतिक संरक्षण दिने प्रवृत्तिले दण्डहीनता बढाउने भएकाले उनलाई माफी नदिन सरकारलाई आग्रह गरिएको छ।