इंग्ल्याण्डको सानदार जित - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

इंग्ल्याण्डको सानदार जित



विश्वकप फुटबलको तयारीमा रहेको विश्वकपकै तयारीमा रहेको अर्को टिम नाइजेरियालाई हराएको छ । रुस विश्वकक अघि पूर्व तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई २–१ ले हराएको हो ।

ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । ८ औँ मिनेटमा ग्यारी काहिलले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा कप्तान केनले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफमा नाइजेरियाले गोल फर्कायो । उसका लागि ४७ औँ मनिेटमा एलेक्स इबोइले गोल फर्काए । इंग्ल्याण्डका रहिम स्ट्रलिङ्गले गोल गर्ने सुन्दर मौका बनाएका थिए तर सफल हुन सकेनन् ।

इंग्ल्याण्डले अब विश्वकप अघि कोस्टारिकासँग अभ्यास खेल खेल्नेछ ।

विश्वकपका लागि समूह जी मा रहेको इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा जुन १८ मा ट्युनिसियासँग खेल्नेछ । यो समूहमा बेल्जियम र पानामा पनि छन् । नाइजेरिया आइसल्याण्ड, क्रोएसिया र अर्जेन्टिनासहित समूह डी मा छ ।