इञ्जिनीयरिङका विद्यार्थीको भयो बिजोग - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

इञ्जिनीयरिङका विद्यार्थीको भयो बिजोग



कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।

विसं २०७५ पुुस १२ गते नतिजा प्रकाशन हुनुपर्ने भएपनि विद्यार्थीको दबाबपछि कलेजले प्रोजेक्ट वर्कको अङ्क पोखरा युनिभर्सिटीलाई पठाएर चैत ५ गते नजिता प्रकाशन गरेको थियो । छैटौँ, सातौँ र आठौँ सेमेस्टर पास गरेका १६ विद्यार्थीको समेत तेस्रो र पाँचौं सेमेस्टरको प्रोजेक्ट वर्कको नम्बरको नतिजा ढिला आएका कारणले यस वर्ष एम।ई भर्ना हुन नपाएका हुन् ।

तीन विद्यार्थी सोमती गुरुङ, विवेक भट्ट र विनिता लामिछाने मौका परीक्षा दिन पाउने थिए । मौका परीक्षाका लागि फारम भर्ने अवधि गत फागुन ३० गतेसम्म रही चैत ४ र ५ गते मौका परीक्षा निर्धारण गरिएको थियो ।

पोखरा विश्वविद्यालय चैत २ र त्रिभुवन विश्वविद्यालय फागुन २१ गतेसम्म एम। ईका लागि आवेदन फारम भर्न पाउने समयावधि तोकेकाले उनीहरू बिचल्लीमा परेका हुन् । यस विषयमा कलेज प्रशासनले प्राविधिक त्रुटिका कारण नतिजा ढिलो आएकाले विद्यार्थी समस्यामा परेको कलेजका प्राचार्य हरि भण्डारीले बताए । कलेजले प्रोजेक्टको अङ्क समयमै नपठाएका कारण नतिजा प्रकाशन ढिला हुँदा विद्यार्थीलाई समस्या भएको पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले बताए । उक्त कलेजकै ढिलाइका कारण नतिजा प्रकाशन ढिला भएको पीडित विद्यार्थीको आरोप थियो ।