इन्फा नेपाल फिल्म अवार्ड कतारमा हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

इन्फा नेपाल फिल्म अवार्ड कतारमा हुने



ओम प्रकाश बानियाँ/दोहा, कतार

इन्फा नेपाल फिल्म अवार्ड २०१७ कतारमा हुने भएको छ । दोहाको गोर्खा रेस्टुरेन्टमा डिसेम्बर ८ तारिख शुक्रवारका दिन पत्रकार सम्मेलन गरी उक्त कुरा बताईको हो । इन्फा नेपाल फिल्म अवार्डका अध्यक्ष दीपक श्रेष्ठ कतार आएको बेला उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा सहभागी भएका विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूले उक्त एतिहासिक कार्यक्रमलाई सहयोग गर्ने वचन व्यक्त गरे । ७ महिना देखि नाकाबन्दी लागेको कतारमा यो किसिमको कार्यक्रम हुनुले कतारमा ठुलो अर्थ राख्ने कुरा इन्फाका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा लाग्ने सम्भावित खर्च, मिति, आयश्रोत भने दोस्रो पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रेम नाथ भट्टराईले बताउनु भयो ।