साउथ अस्ट्रेलियामा इन्द्र जात्रा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साउथ अस्ट्रेलियामा इन्द्र जात्रा



 

साउथ अस्ट्रेलियामा इन्द्र जात्रा कार्यक्रम आयोजना गरिएको छ ।नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष ‘यालाथ्व द्वादशी’को दिन मनाईने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर ‘यालागाः चौथी’ अर्थात इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न देवी देवतासाग सम्बन्धित नाच, गान र रथयात्रा गरेर मनाइने इन्द्र जात्रा गुठी साउथ अस्ट्रेलियाले यही आइतबार बिशेष कार्यक्रमका बिच आयोजना गरेको थियो ।नि: शुल्क प्रवेश रहेको यस कार्यक्रममा कुमारी जात्रा , लाखे , पुल्किसी ,धिमे बाजा , समयबजी , नेवारी नृत्यहरु सहित विभन्न कार्यक्रमहरु समाबेश गरिएको थियो।

गुठी साउथ अस्ट्रेलिया अध्यक्ष मंगलमान बज्राचार्यले शताब्दीयौं पुरानो यस जात्राले प्राचिन मौलिकता, सभ्यता अनि संस्कारको इतिहास बोकेको र यहाँ हुर्कदै गरेका नेपाली बालबालिकाहरुले पनि यस प्रकारका कार्यक्रमहरुबाट ती परम्पराहरु सिक्ने अवसर पाउने बताउदै यी संस्कृति परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताए। कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरु , यहाँका राजनीतिक दलका नेताहरु लगायत उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो।