कांग्रेस नेता इन्द्र बानियाँमाथि विप्लव समूहको आक्रमण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कांग्रेस नेता इन्द्र बानियाँमाथि विप्लव समूहको आक्रमण



नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँ सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन्।

मकवानपुरको पश्चिमी मनहरी बजारदेखि हेटौँडातिर गइरहेका बेला बानियाँ सवार निजी गाडीमा आक्रमण भएको हो।

हेटौंडा उपमहानगरपालिका १९ दालिमटारमा गाडी पुगेका बेला ढुंगा हानेर तोडफोड भएको हो। ढुंगाले लागेर गाडीको अगाडिको शिशामा क्षति पुगेको छ।

यो घटनाको विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ। उसले मकवानपुर सेक्रेटरी उदीपले सांकेतिक कारबाही गरिएको जनाएका छन्।

विज्ञप्तिमा बानियाँलाई‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ भनिएको छ। ‘मकवानपुरमा कथित उम्मेदवारमध्ये भ्रष्ट राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठग, गुन्डागर्दीको नाइकेसमेत रहेको संघ २ को (ख) का उम्मेदवार इन्द्रबहादुर बाँनिया चढेको गाडी हेटौंडा – १९ बालिमटार पूर्व-पश्चिम राजमार्गमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको छ’, उदीपले भनेका छन्।