इण्डोनेसियामा शक्तिशाली भूकम्प, स्थिति भयाबह - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

इण्डोनेसियामा शक्तिशाली भूकम्प, स्थिति भयाबह



फाइल तस्बिर

एजेन्सी । पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् ।

सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए ।

सो भूकम्पबाट सुनामीको खतरा भने नरहेकोले शान्त हुन स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।