भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्न हजारौँको आबेदन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्न हजारौँको आबेदन



एजेन्सी । भारतीय क्रिकेट टिमको प्रशिक्षकको लागि करिब दुई हजार भन्दा बढीको आवेदन परेको छ । भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आबेदन खुल्ला गरे लगत्तै २ हजार भन्दा बढीले मुख्य प्रशिक्षक पदका लागि आवेदन दिएका छन् ।

भारतीय प्रशिक्षक बन्न विश्वभरका प्रशिक्षक तथा पुर्व खेलाडीको घँइचाे लागेको बताईएको छ । आवेदन दिनेमा अस्ट्रेलियाका पुर्व खेलाडी टम मोड्डी तथा न्युजिल्याण्ड र किंग्स इलेभेन पन्जाबका प्रशिक्षक माइक हसनदेखि भारतीय अनुभबी प्रशिक्षक रोबिन सिंह, लाल चन्द राजपुत समेत रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकाका पुर्व खेलाडी जोण्टि रोड्सले फिल्डिङ प्रशिक्षकका लागि आवेदन दिएका छन् ।

फारम नभरे पनि श्रीलंकाका लेजेण्ड तथा मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक महेला जयवार्दनाले समेत भारतीय टिमको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन् ।

रिपोर्ट अनुसार अन्तराष्ट्रिय स्तरबाट एजेण्ट मार्फत थुप्रै आबेदन आएका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसको निर्णयमा केहि समय लगाउने छ ।

आवेदन भरेका हरेक व्यक्तिलाई बीसीसीआईको एक कमिटिले अन्तरवार्ता लिने छ । कमिटीमा पुर्व कप्तान कपिल देव, पुर्व ब्याट्सम्यान अशुंमन गेक्वड तथा पुर्व महिला कप्तान शान्ता रंगश्वामी रहेका छन् ।

आवेदन दिएका ब्यक्तीको अन्तरवार्ताको थालनी अगष्ट १३ पछी सुरु हुने बताईएको छ ।