भारतीय सेना प्रमुखलाई योगेश भट्टराईको कडा चेतावनी ! - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

भारतीय सेना प्रमुखलाई योगेश भट्टराईको कडा चेतावनी !



काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइको प्रतिवाद गरेका छन्।

भारतीय सेना प्रमुख विपिन रावतको नेपाल भारततीय नझुकी सुखै नभएको भन्ने अभिव्यक्तिको सांसद भट्टराईले प्रतिवाद गरेका हुन्। आइतबार सोमबार राति एक ट्विट गर्दै भट्टराईले नेपालले विगतमा जे जस्तो गल्ती गरेको भएपनि अबका दिनमा त्यस्तो गल्ती नहुने लेखेका छन्।

नेपाल चीनतिर ढल्किएको भन्ने भारतीय सेना प्रमुखको भनाइको पनि सांसद भट्टराईले जवाफ दिएका छन्। उनले नेपाल आफ्नै स्थानमा रहने र भारत तथा चीन कतैतिर पनि नढल्किने लेखेका छन्। उनले भारतीय सेना प्रमुख रावतलाई नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामी नै प्रयाप्त छौँ।’

भारतीय सेना प्रमुख रावतले बिम्स्टेक सैनिक अभ्यासको समापन कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र भुटान भारतसँग नझुकी सुखै नभएको बताएका थिए। जसको नेपालमा राजनीतिक तथा नागरिक तहमा व्यापक विरोध भइरहेको छ। सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय सेना प्रमुख रावतले नेपालबारे दिएको विवादित अभिव्यक्तिको कडा विरोध भइरहेको छ।

नेपाली सेनाका मानार्थ सेनापतिसमेत रहेका रावतको उक्त भनाइको नेपाल सरकारको आधिकारीक धारणा आएको छैन। राजनीतिक दलहरूले पनि उक्त भनाइबारे आफ्नो धारणा सार्वजनिक नगरिरहेको अवस्थामा नेकपाका नेता तथा सांसद भट्टराईको यो भनाइ सार्वजनिक भएको हो।

सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नमा रावतले भनेका थिए, ‘नेपालले आफूलाई भारतबाट अलग गर्नै सक्दैन, भौगोलिक बनावटका कारण पनि नेपाल र भुटान जस्ता देश स्वभाविक रुपमै भारततर्फ झुकाव राख्नुपर्ने खालका छन्।’

यो पनि: 

भारतीय सेना प्रमुखले भनेः नेपाल भारतसँग झुक्नै पर्छ !