भारतीय सेना प्रमुखले भनेः नेपाल भारतसँग झुक्नै पर्छ ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतीय सेना प्रमुखले भनेः नेपाल भारतसँग झुक्नै पर्छ !



भारतीय सेनाका प्रमुख विपिन रावतले नेपाल र भुटान जस्ता भूपरिबेष्ठित मुलुक भौगोलिक अवस्थितिका कारण भारततर्फ झुक्नैपर्ने बाध्यतामा रहेको बताएका छन् ।

पहिलो बिमस्टेक सैनिक युद्ध अभ्यासको समापनको अवसरमा महाराष्ट्र (भारत) पुनेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावतले भने, ‘नेपालको चीनसँगको गठबन्धन थोरै अवधिका लागि मात्रै हो ।’

नेपाल चीनतर्फ सम्बन्ध बढ्दै गएको भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै रावतले भने, ‘नेपाल र भुटान जस्तो देशले भूभोगको कारण भारततर्फ झुक्नैपर्छ । भूगोलले भारततर्फ ढल्किन मद्दत गरेको छ ।’

‘जहाँसम्म गठबन्धन (चीनसँग) को विषय हो, यो तत्कालिन मात्रै हो’ रावतको भनाई उधृत प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) लेखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई भारतको अगुवाइमा हुन लागेको युद्ध अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि २८ भदौमा आयोजना गरिएको ‘बिमस्टेक राष्ट्रका प्रधान सेनापतिहरुको सम्मेलन’ मा पनि नेपाल सहभागी भएको थिएन ।