भारतीय कंग्रेसका नेताको गोली हानी हत्या - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतीय कंग्रेसका नेताको गोली हानी हत्या



श्रीनगर– भारतीय कंग्रेसका पूर्वनेता घुलाम नावीको गोली हानी हत्या गरिएको छ। भारतको जम्मु–कास्मिरस्थित पुलवामा अज्ञात समूहले गोली हानी उनको हत्या गरेका हुन्।

आफ्नै गाडीमा सवार भइरहेका बेला उनलाई केहि राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। श्रीनगर प्रहरीका अनुसार गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।

नावीमाथि कसले गोली प्रहार गरेको भन्ने हालसम्म पूष्टि हुन सकेको छैन। घटनाको प्रहरीले अध्ययन गरिरकेको बताइएको छ।