भारतीय मिडियाले भने: चीनलाई तह लगाउन मोदी-ओली सम्झौता ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतीय मिडियाले भने: चीनलाई तह लगाउन मोदी-ओली सम्झौता !



ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

‘ओली भारतले लगाएको नाकाबन्दीबारे बोलेर समाधान खोज्ने व्यक्ति’
नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक जवाफबारे उल्लेख गरेका छन् ।

‘गत वर्ष नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको हो,’ भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ ।

नेपालको राजनीतिक परिवर्तन, निर्वाचन सफलतालगायत उपलब्धिप्रति खुसी व्यक्त गर्दै मोदीले नेपाली समकक्षी ओलीबाट मुलुकको राजनीतिक तथा आर्थिक विकासका क्रममा समाजका सबै तप्कालाई साथमा लिने आशा व्यक्त गरेको विदेश मन्त्रालयका सचिव विजय गोखलेलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ । भेटघाटका क्रममा मोदीले ‘सामाजिक न्याय’ र ‘सामाजिक एकता’ मा समेत जोड दिएको समाचारमा उल्लेख छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।