भारतीय क्रिकेटमा राजनीति : चौतर्फी बिरोध - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

भारतीय क्रिकेटमा राजनीति : चौतर्फी बिरोध



काठमाडौं । भारतीय क्रिकेट क्षेत्रमा अहिले विभिन्न खालका टिप्पणी भएकाक छन्। यस्तैमा पूर्वकप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट टिमको छनोटमा प्रश्न उठाएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘अब समय आइसक्यो । भारतीय क्रिकेट टिमको छनोटकर्ताले यस्तो खेलाडी छनोट गर्न आवश्यक छ जसले खेलको हरेक फर्म्याटमा खेल्न सकोस् । ताकि भरोसा बनिरहोस् । कुनै यस्ता खेलाडी छन् जो हर फर्म्याटमा खेलिरहेका छन् । राम्रो टिमको लागि आवश्यकता हुन्छ की खेलाडी तयारी बनीरहोस् । यो सबैलाई खुशी पार्न हैन देशको लागि सबैभन्दा राम्रो खेलाडी चुन्ने विषय हो ।’

बीबीसी हिन्दीका अनुसार पूर्वकप्तान गांगुलीले वेष्ट इन्डिजविरुद्धको तीनै फर्म्याटमा हुने क्रिकेट सिरिजको लागि भारतीय क्रिकेट टिमको छनोटकर्ताले राम्रो खेलाडीलाई छनोट नगरेको भनेर टिप्पणी गरेको उल्लेख गरेको छ ।

गांगुलीले शुभमन गिल र अजिंक्या रहानेलाई एकदिवसीय क्रिकेटमा छनोट नगरेको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘एकदिवसीय क्रिकेटमा शुभमन गिल र अजिंक्या रहाने टिममा किन परेनन् । यो देखेर म आश्चर्यमा छु ।’

पूर्वकप्तान गांगुली मात्रै हैन भारतीय क्रिकेटसँग आबद्ध अन्य विश्लेषकहरुले पनि टिम छनोटमा त्रुटी भएको भन्दै प्रश्न गरेका छन् ।