वान डे सिरिज भारतले जित्यो: इण्डिज पराजित - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

वान डे सिरिज भारतले जित्यो: इण्डिज पराजित



भारतले टि-२० पछि वेस्ट इण्डिजविरूद्धको वान डे सिरिज पनि जितेको छ। बुधबार भएको तेश्रो वान डे भारतले ६ विकेटले जितेको हो।

सिरिजमा भारत २-० ले विजयी भएको हो। ३ वान डे को सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो। अब भारतले २२ अगस्टबाट टेस्ट सिरिज खेल्नेछ।

पोर्ट अफ स्पेनमा खेलिएको तेश्रो वान डेमा वेस्ट इण्डिजले पहिले ब्याटिङ गर्दै ३५ ओभरलमा ७ विकेटको क्षतिमा २४० रनको बनाएको थियो।

वर्षाका कारण खेल दुई पटक अवरूद्ध हुँदै दुई घण्टा रोकिएको थियो। त्यसपछि ३५ ओभरमा सिमित गरिएको खेलमा भारतले डकवर्थ लुईस नयम अन्तरगत जितका लाहि २५५ रनको लक्ष्य पायो।

२५५ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा आएको भारतले ३२.३ ओभरमा ४ विकेटको नोक्सानीमा २५६ रन बनाउँदै सो लक्ष्य हासिल गर्‍यो।

भारतको जितमा कप्तान विराट कोहली अविजित ११४ रन बनाए भने श्रेयस अय्यरले ६५ रनको योगदान दिए। यसैगरी ओपनिङ ब्याटस्म्यान रोहित १० रन बनाउँदा रन आउट भए भने अर्का ओपनर शिखर धवनले ३६ रन बनाए।

यसक्रममा वेस्ट इण्डिजका लागि फाबियन एलनले २ विकेट लिए भने केमर रोचले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम वान डे खेलिरहेका क्रिस गेलले ७२ रनको योगदान दिए। त्यसैगरी इभिन लुइसले ४३ रनको बनाए।

भारतका लागि खलिल अहमदले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद शमीले २ विकेट लिदां युजेबेन्द्र चहल र रविन्द्र जडेजाले समान १-१ विकेट लिए।