इण्डिया ओपन कप इन्टरनेशनल तेकवाण्डो च्याम्पियनसिपमा नेपाललाई ३० स्वर्ण पदक - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

इण्डिया ओपन कप इन्टरनेशनल तेकवाण्डो च्याम्पियनसिपमा नेपाललाई ३० स्वर्ण पदक



नयाँ दिल्ली 

दिल्लीमा सम्पन्न २०१८  इण्डिया ओपन कप इन्टरनेशनल तेकवाण्डो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरी नेपालले ३० स्वर्ण पदक हाँसील गरेको छ ।

दिल्लीको तालकटौरा स्टेडियममा अल इण्डिया तेकवाण्डो डोजाङद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत र कोरियाका ३  सय खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालले विभिन्न तौल समूहमा ३०  स्वर्ण, १५  रजत र ११  काँस्य पदक प्राप्त गरेको हो ।

नेपालबाट इण्टरनेशनल मास्टर रेफ्री राकेश राई, हरि बुढाथोकी, धर्मेन्द्र अग्रहरी, कोच दिनेश गिरी, चुलाइ मुखिया, इन्द्र राना, अनुज श्रेष्ठ, कमला श्रेष्ठ, दीपक गिरीको नेतृत्वमा टिम दिल्ली पुगेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न नेपाली टिमले महत्त्वपूर्ण सहयोग गरेको अलि इन्डिया तेक्वान्दो डोजाङका पब्लिक रिलेशन अफिसर अर्जुन दयालले जानकारी दिनुभयो। उहाँले नेपाली टिमको सफलतामा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलाडीले खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भयो ।