भारतमा ‘ओमीक्रोन’का १८ नयाँ संक्रमित भेटिए - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

भारतमा ‘ओमीक्रोन’का १८ नयाँ संक्रमित भेटिए



काठमाडौं- भारतमा आइतवार कोरोना भाइरसको ‘ओमीक्रोन’भेरियन्टका १८ नयाँ संक्रमित भेटिएका छन्।

यिनमध्ये राजस्थानमा सबैभन्दा धेरै ९ संक्रमित भेटिएका छन्। त्यहाँ एक परिवारका ४ सदस्य हालै दक्षिण अफ्रिकाबाट फिरेका थिए।

उनीहरुसहित अन्य पाँचजनामा पनि यो भेरियन्टका संक्रमित भेटिएका हुन्।

यसअघि पुणे र यससँग जोडिएको पिन्परी चिन्चवाड जिल्लामा ७ संक्रमित भेटिएका थिए। दिल्लीमा पनि एक संक्रमित भेटिएका छन्। यसका साथै देशका ५ राज्यमा यस भेरियन्टका २२ संक्रमित भेटिएका छन्।

महाराष्ट्रमा ८ जना

महाराष्ट्रमा आइतवार ओमीक्रोनका ८ नयाँ मामिला भेटिएका छन्। पिन्परी चिन्चवाड जिल्लामा यी संक्रमित भेटिएका हुन्। यिनीहरु सबैलाई क्वारेन्टाइन पठाइएको छ। यी संक्रमित सबै विदेशबाट आएका हुन्।

दिल्लीमा पनि ओमीक्रोनको पहिलो केस भेटिएको छ। ​​​​​​दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार तान्जानियाबाट आएकामा संक्रमण देखिएको हो।

एयरपोर्टमा जाँचपछि ती व्यक्तिममा ओमीक्रोन संक्रमण देखिएको हो। उनलाई दिल्लीको अस्पतालमा भर्ना गरिएको छ।

कर्नाटकमा सबैभन्दा पहिले आइतवार २ संक्रमित भेटिएका थिए। यिनमा एक विदेशी हुन्। जो नोभेम्बरमा भारत आएका थिए।