भारतमा एकैदिन डेढ लाख संक्रमित - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

भारतमा एकैदिन डेढ लाख संक्रमित



नयाँ दिल्ली – भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।