भारतमा एकैदिन एक लाख नजिक कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भारतमा एकैदिन एक लाख नजिक कोरोना संक्रमित भेटिए



दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा ३२५ जनाको मृत्यु भएको छ भने १९ हजार २०६ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या २ लाख ८५ हजार ४०१ पुगेको छ । दैनिक संक्रमणदर ६.४३ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९५ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । त्यहाँ कूल ओमिक्रोन संक्रमण केस संख्या २६३० पुगेको छ ।

महाराष्ट्रमा ओमिक्रोनका ७९७ केस पुष्टि भएका छन् । दिल्लीमा ४६५, राजस्थानमा २३६, केरलामा २३४, कर्णाटका २२६, गुजरातमा २०४ र तामिलनाडुमा १२१ संक्रमण पुष्टि भएका छन् ।