इन्धनको मूल्य एक लिटरमै १५ रुपैयाँले बढेर आयो - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

इन्धनको मूल्य एक लिटरमै १५ रुपैयाँले बढेर आयो



काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ‘अत्यधिक’ बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको छ ।

निगमका अनुसार आज आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको छ । अब पेट्रोलमा एक रुपैयाँ ७४ पैसा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ ।

यद्यपि निगम घाटामा भने छैन । अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा आपूर्ति सुचारु राख्न निगमलाई अझैपनि चुनौती देखिएको निगमले जनाएको छ ।

निगमका अनुसार नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम अझै तिर्न बाँकी रहेको छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैकसँग तीन अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।