भारत–पाकिस्तान युद्ध : झुटको खेति - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

भारत–पाकिस्तान युद्ध : झुटको खेति



हामी सबैलाई थाहा छ – डिजिटल दुनियाँमा झूटहरू चैतमासको डढेलो झै फैलिन्छन् । तर, यसका लागि इन्टरनेटलाई दोष दिनु बेकार छ । किनकि, इन्टरनेट हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ ।

इन्टरनेट त झूट उत्पादन गर्ने एउटा मेशिन न हो । यो मेशिन प्रयोग गरी झूटको उत्पादन, वितरण र व्यापार गर्नेहरू अरु नै छन् – सरकार, राजनीतिकर्मी, पत्रकार (खासगरी टिभी चलाउनेहरू), सेलेब्रिटी, बहुराष्ट्रिय कम्पनी र ठगहरू समेत ।

उनीहरू सधैं धेरैभन्दा धेरै झूटहरू उत्पादन गर्ने र तिनलाई सकेसम्म तीव्र रुपमा डिजिटल दुनियाँभरि फैल्याउने उपायहरू खोजिरहेका हुन्छन् । उनीहरू एक–अर्काका झूटलाई झूटले नै छोप्न वा परास्त गर्न खोज्छन् । जब यस्ता झूटाहरूबीच झूटकै युद्ध चल्छ, तब एउटा यस्तो समाजको सिर्जना हुन्छ जहाँ जसले पनि झूटै बोलिरहेको हुन्छ ।

त्यो समाजभित्र सत्यको स्वरुपमा फैलिइरहेका विषाक्त झूटहरू चिन्न कतै टाढा जानु जरुरी छैन । तर, टाढाबाट हेर्ने हो भने चाहिँ झन् सजिलो गरी ती झुटहरूको नग्न रुप देख्न सकिन्छ । भक्भकी पानी उम्लिरहेको भाँडालाई बाहिरबाट छुने बित्तिकै त्यसको तातो रापले पोलेको थाहा भइहाल्छ, तर त्यहीँ भाँडाभित्र आफै उम्लिने हो भने हत्तपत्त थाहै पाइँदैन ।

अघिल्लो साता भारत र पाकिस्तान रुपी दुई भाँडाभित्र युद्धको तातो तनाव उम्लिरहँदा म भने पृथ्वीको अर्को गोलार्द्धमा थिए, ती दुई भाँडाभित्र पाकिरहेका झूटहरू नियाल्दै ।

भारतीय सेनाविरूद्ध भएको आतंककारी हमलाको प्रतिक्रिया स्वरुप भारतले अघिल्लो महिना पाकिस्तानमा हवाई आक्रमण गर्‍यो । त्यो आक्रमणको समाचार पाउने बित्तिकै मैले युद्धको भुङ्ग्रोमा होमिन लागेका दुई आणविक शक्ति राष्ट्रले एक–अर्काविरुद्ध फैलाइरहेका झूटहरू पहिल्याउने प्रयत्न गरेँ ।

मैले जे देखेँ–पाएँ, त्यो साँच्चै चिन्ताजनक थियो । भारत र पाकिस्तान मात्र होइन, सारा विश्वका लागि । जति जति युद्धको बादल मडारिन थाल्यो, त्यति नै भारत र पाकिस्तानका समाचार संस्थाहरूले समाचारको सट्टा झूटहरू बेचे । ती विषाक्त झूटहरू मात्रै बिक्री हुने बजारमा समाचार फेला पार्न ठूलै संघर्ष गर्नुपथ्र्यो ।

सूचनाको युद्ध अनन्तसम्म चल्ने युद्ध हो । र यसकाे सुरूवत बल्ल हुँदैछ ।

फेसबुक, ट्वीटर, व्हाट्सएप र टेलिभिजन जताततै ती झूटहरू छरिएका थिए । नेताहरू मात्र होइन, नागरिकहरू समेत झूट फैल्याइरहेका थिए । विश्लेषण र बहसहरू पनि अफवाह र अनुमानद्वारा नै निर्देशित थिए । नक्कली तस्वीर बनाइए, नक्कली तस्वीर नै प्रसारण गरिए । सक्कली तस्वीरलाई नक्कली भनियो । अधिकांश झूटहरू निहित स्वार्थद्वारा निर्देशित थिए । ती युद्धको कुहिरोभित्र हुने त्रुटिहरू थिएनन् । दुश्मनलाई बदनाम गर्ने, राष्ट्रियताको गौरवमा हावा भर्ने र अतिवादी राष्ट्रवादको लहलहैमा नलाग्नेहरूको हुर्मत लिने प्रयास थिए । ती झूटहरू युद्धको ढ्याङ्ग्रो बजाउँदै नियोजित शैलीमा फिँजाइएका थिए । यसबाट दुवैतिर विवेकको पकड गुमाएको र मिथ्याको खेती गर्ने एउटा समाज पलापिएको भान हुन्थ्यो ।

भारतले आतंककारी तालिम शिविर बताएको बालाकोट भनिने पाकिस्तानी गाउँमा भारतीय सेनाले आक्रमण गरे लगत्तै झूटको खेती सुरू भयो । आक्रमण परिणाममुखी भएको कुनै सदृश्य प्रमाण भारत सरकारले दिन सकेन । भारतीय नेताबीच अझै पनि कहाँ केमा आक्रमण भयो भन्नेबारे बहस चलिरहेको छ । पाकिस्तानी सेनाले पनि बालाकोटमा खासै क्षति नभएको भन्ने देखाउन तस्बीरहरू तुरून्तै सार्वजनिक गर्‍यो ।

यद्यपि, भारतीय सञ्चार माध्यमहरू सरकार अनुकूल भाष्यको खाली ठाउँ भर्न आतुर देखिए । देशका केही ठूला टेलिभिजन नेटवर्कसहित थुप्रै सञ्चारगृहले बालाकोटमा आक्रमण गरिरहेका भारतीय लडाकू विमान दाबी गर्दै एक्सक्लुसिभ फुटेज प्रसारण गरेको तथ्याङ्क जाँच्ने भारतीय वेबसाइट अल्टन्युजले समाचार बनायो ।

तर यो सत्य थिएन । लडाकु विमानका ती फुटेजहरू पहिलो पटक सन् २०१७ मा अनलाइन पोस्ट गरिएको अल्टन्युजले पत्ता लगायो । ती फुटेज गत साता सामाजिक सञ्जालमा ब्युँतिएजस्तो देखिन्छ । त्यसैलाई भारतीय टेलिभिजन नेटर्वकले आक्रमणको प्रमाण भनेर हौवा पिटेका हुन् ।

पाकिस्तानी सञ्चार माध्यमले पनि कम झूट पैmलाएन । भारतीय विमानलाई हिर्काइ झार्नु र बन्दी बनाइएको पाइलटलाई छोडेपछि, पाकिस्तानी सञ्चार माध्यमहरूले क्षतिग्रस्त विमानको तस्बीर प्रसारण गर्न थाल्यो । तर तथ्यको जाँच गर्नेहरूले जनाए अनुसार, ती पुराना र यसअघि नै भएको दुर्घटनाका तस्बीर थिए ।

यस्ता सामग्रीको यथार्थ परीक्षण गरे अफवाह फैलिदैंन भन्ने लाग्न सक्छ । खासमा भएको के हो भने – दुवै पक्षले तथ्य जाँचपड्ताललाई हतियार बनाए । यो झूटको खेतीमा आफ्नो भूमिकामाथि आँखा चिम्लेर एकले अर्कोलाई झूटमा आहाल खेल्न उक्साइरहे ।

भारत सरकारले हालै मात्रै एउटा दमनकारी र निषेधकारी डिजिटल नीति ल्यायो । यसले गलत सूचना÷अफवाह न्यूनीकरण गर्ने भारत सरकारको दाबी छ । तर जब सबै माध्यम र सबै सामाजिक संस्थाहरूमा धोका र झूटले जरा गाड्छ, डिजिटल प्लेटफर्ममा ध्यान दिनु निरर्थक हुन्छ ।

भारत, पाकिस्तान र बाँकी सबैतिर, डिजिटल मिथ्यावाद सम्बोधन गर्न सामाजिक संरचनामै कायापलट गर्नुपर्छ ।

‘यो लडाइँ लामो र कठिन हुनेछ,’ पत्रकार गोविन्दराज इथिराज भन्छन् । उनी तथ्य अनुगमन तथा निरीक्षण गर्ने बुम नामक साइट चलाउँछन् ।

सूचनाको युद्ध अनन्तसम्म चल्ने युद्ध हो । र यसकाे सुरूवत बल्ल हुँदैछ ।

न्यूयोर्क टाइम्स