शिल्पा र पृथ्वीको 'मायामा वियर परेछ' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शिल्पा र पृथ्वीको ‘मायामा वियर परेछ’



असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘वीराङ्गना’ को डान्सिङ विटको गीत सार्वजनिक भएको छ । ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनको स्वर सुन्न सकिन्छ । रामेश्वर कार्कीले खिचेको गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पुथ्वीराज प्रसाईँ फिचर छन् । यसका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् । यसअघि यो कपलले फिल्म ‘किस्मत २’ र ‘मंगलम्’ फिल्ममा काम गरिसकेका छन् ।

एक्सन जनराको नारी प्रधान भनिएको ‘वीराङ्गना’ मा राज बहादुर सानेको निर्देशन, हरि घले लामाको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ । उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्मातामा सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा अनुप विक्रम शाही, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि अभिनय रहेको छ । निर्देशक सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा फिल्मले बोलेको बताए ।