इमरान खानले मोदीलाई भने: पहिले आफ्नै घर सम्हाल - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

इमरान खानले मोदीलाई भने: पहिले आफ्नै घर सम्हाल



इश्लामावाद – पाकिस्तानले आफ्ना नागरिकमाथि भएको केही घटनालाई भारतले गलत ढंगबाट अल्पसंख्यकको अधिकारको मामिलासँग जोडेको आरोप लगाएको छ ।

यसका साथै पाकिस्तानले भारतलाई सल्लाह दिएको छ,‘अर्काको अल्पसंख्यकको चिन्ता गर्नु भन्दा पहिले आफ्नो अवस्था ठीक गर्नु ।’

पाकिस्तानको विदेश मन्त्रालयकोतर्फबाट जारी बयानमा भनिएको छ,‘शनिबार भारतका एक वरिष्ठ कुटनीतिज्ञलाइ सम्बोधन गरिएको थियो र अल्पसंख्यकसँग जोडिएको मामिलालाई नराम्रोसँग रंग दिएको भन्दै बेखुसी जनाइएको थियो ।’

विदेश मन्त्रालयतर्फबाट जारी बयानका अनुसार भारतीय प्रशासनलाई भनिएको छ, ‘उनीहरुले संकुचित राजनीतिक एजेन्डाका अनुसार अल्पसंख्यकको चिन्ता गर्नबाट बच्नु आवश्यक छ ।’

पाकिस्तानको विदेश मन्त्रालयकोतर्फबाट जारी बयानका अनुसार भारतले पहिले आफ्नै घर सम्हालोस र अल्पसंख्यककलाई घृणाले भरिएको अपराधबाट सुरक्षा प्राप्त होस् भनेको छ ।

भारत सरकारले आफ्नो मुुलुकमा अल्पसंख्यकलाई लिएर भेदभावपूर्ण नीति तथा भारत शासित जम्मु कश्मीरमा सरकार समर्थथित आतंकवादलाई लिएर भइरहेको आलोचनाबाट ध्यान अन्यत्र लैजान सक्दैन ।

पाकिस्तानले भनेको छ,‘हाम्रो संविधानका अनुसार अल्पसंख्यकलाई पुरा सुरक्षा र अधिकार उपलव्ध छ । साथै पाकिस्तानको न्याय व्यवस्थाले सबै नागरिकको अधिकारको रक्षा गर्छ ।‘-एजेन्सी