मध्यरातमा यसरी ढल्यो इमरान खानको सरकार - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मध्यरातमा यसरी ढल्यो इमरान खानको सरकार



एजेन्सी । पाकिस्तानमा इमरान खानविरूद्ध अविश्वास प्रस्ताव पारित भएको छ। सत्ता जोगाउनका लागि यसअघि सरकारले गरेका अनेक प्रयासका बाबजुद गएको मध्यरात अविश्वासको प्रस्तावमा भोट भएको थियो।

जसअनुसार आइतबार बिहान १ बज्दासम्म इमरानको विपक्षमा १ सय ७४ मत आयो। जबकी बहुमतका लागि विपक्षीहरूलाई १ सय ७२ मत आवश्यक थियो।

मतदानभन्दा अघि सभाामुख र उपसभामुखले राजिनामा दिएका थिए। विपक्षी पिएमएल एनका अयाज सादिक नयाँ सभामुख चुनिएका छन्। उनले नै मतदान गराएका हुन्।

विपक्षी नेता सहबाज सरीफले मुलुकमा नयाँ बिहानी शुरू भएको दाबी गरेका छन्।

यसअघि विपक्षीले संसद्मा पेश गर्न खोजेको अविश्वासको प्रस्तावलाई उपसभामुखले खारेज गरेका थिए भने प्रधानमन्‍त्री इमरानको सिफारिसमा राष्ट्रपतिले संसद्‍ विघटन गरेका थिए। तर उपसभामुख र राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै अदालतले संसद्‍ ब्युताइँदिएको थियो।

अदालतले अविश्वासको प्रस्ताव खारेज गर्न नमिल्ने फैसला समेत सुनाएको थियो। यसपछि पुनर्स्थापित संसद्ले मध्यरात अविश्वास प्रस्ताव पारित गरेको हो।