इमरानले भने बलिउड मुर्खहरुले भरिएको छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

इमरानले भने बलिउड मुर्खहरुले भरिएको छ



बलिउडमा कुनैबेला सिरियल किसरको ट्याग लागेका नायक इमरान हाशमी शंघाई, घनचक्कर, एक थी डायनजस्ता फिल्ममा आफ्नो इमेज परिवर्तन गरिसकेका छन् । उनलाई लाग्छ कि यो क्षेत्रमा मूर्खताको दममा लामो समयसम्म टिक्न सकिन्छ ।

इमरानका अनुसार मुर्खले भरिएको बलिउडमा केही सिमित निर्माता छन् जो अलग गर्न डराउँदैनन्, यस्तोमा नायकहरु समझदार बन्न मुश्किल हुनेगर्छ ।

उनका अनुसार अहिलेपनि निकै कम मानिसहरु लिकबाट हटेर केही नयाँ गर्ने कोसिस गरिरहेका छन् । ‘बलिउडमा समझदार अभिनेता हुनु निकै मुश्किल छ । यहाँ मूर्खताको दममा लामो समयसम्म टिक्न सकिन्छ, ’ उनले भने ।

उनी थप्छन्, ‘दर्शक समझदार छन् तर यस्ता निर्माता निर्देशक धेरै छैनन् जो जोखिम मोल्न चाहन्छन् वा यो बुझ्न चाहन्छन् । तर कम्तीमा युवा पिढी नयाँ विषयसहित आइरहेका छन् ।’