इमरान खान भन्छन: अमेरिकालाई साथ् दिनु ठुलो गल्ती - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

इमरान खान भन्छन: अमेरिकालाई साथ् दिनु ठुलो गल्ती



काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको पछिल्लो सरकारले आफूले पूरा गर्नै नसक्ने बचन दिन नहुने इमरानले बताएका छन् ।

सोमबार आयोजित काउन्सिल अफ फरेन रिलेसन्स(सिएफआर) मा उनले भनेका छन्, ‘अन्तरराष्ट्रिय समुदायले कम्तीमा भारतलाई कर्फ्यू हटाउन आग्रह गरुन् भन्ने झिनो अपेक्षा राखेको छु ।’

पूर्व अमेरिकी रक्षा सचिव जेम्स म्याटिसले आफूले जति पनि देश चिनेका छन् तीमध्ये पाकिस्तान सबैभन्दा खतरनाक लाग्ने बताएका थिए ।

यसबारे सोध्दा इमरानले भने, ‘मलाई लाग्दैन कि म्याटिसलाई पाकिस्तान कट्टरपन्थी किन बन्यो भनेर थाहा छ ।’

खानले पाकिस्तानले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा अलकायदाको हमलापछि चरमपन्थ विरुद्धको युद्धमा अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताए ।