इजरायल र अमेरिबिच दूरी बढ्यो, अमेरिकी राजदूतको सरुवा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

इजरायल र अमेरिबिच दूरी बढ्यो, अमेरिकी राजदूतको सरुवा



हिमाल पोष्ट / ११ पुस, काठमाडौं । इजरायल र अमेरिकाबिच चिसोपना बढेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अवैध इजारायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव पारित गरेपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेको हो । अमेरिकाले भिटो प्रयोग गर्न अस्वीकार गरेपछि पश्चिमी तट तथा पूर्वी जेरुसेलममा रहेका अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव सुरक्षा परिषदले पारित गरेको हो । अमेरिकाले मतदानमा पनि भाग लिएन ।

पछिल्लो घटनाक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूतको सरुवा गरेका छन् । विदेशमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई आफ्नो कार्यालयमा ल्याएका छन् ।

अमेरिकी राजदूत शापिरोको सरुवा गर्नुअघि नेतन्याहुले सुरक्षा परिषदमा शुक्रबार प्रस्तावको पक्षमा मतदान गर्ने १४ देशका राजदूतको सरुवा गरेका थिए । इजरायलले प्रस्ताव पारित हुनु लज्जास्पद भन्दै राष्ट्रसंघसँगको सम्बन्धको समीक्षा गर्ने बताइसकेको छ । नेतन्याहुले ओबामा प्रशासनप्रति आक्रोश पोख्दै एउटा मित्रले अर्को मित्रलाई सुरक्षा परिषद्मा नधकेल्ने बताए ।

अमेरिका र इजरायल परम्परागत मित्र राष्ट्रका रुपमा हेर्ने गरिन्छ । सन् १९६७ मा इजरायलले पश्चिम किनारा र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् ।