संवैधानिक इजलासमा लफडा: दुई बरिष्ठतम न्यायाधीशले गरे बहिस्कार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

संवैधानिक इजलासमा लफडा: दुई बरिष्ठतम न्यायाधीशले गरे बहिस्कार



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा लफडा बहेको छ । न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न अस्विकार गरेपछि दुई बरिष्ठतम न्यायाधीशले इजलास बहिस्कार गरेका छन् ।

दुई बरिष्ठतम न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् । केसी र श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला न्यायाधीशद्धय इजलासबाट बाहिरिएका हुन् ।

आजको इजलास शुरु हुनासाथ आदेश सुनाउँदै उनीहरुले भने–माननीय न्यायाधीशहरुले हामीले मुद्दा हेर्न मिल्छ भन्ने राय दिनुभएको छ । उहाँको रायका विषयमा हामीलाई केही भन्नु छैन ।