न्यायाधीश केसी र श्रेष्ठद्वारा इजलास छाड्न अस्वीकार - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

न्यायाधीश केसी र श्रेष्ठद्वारा इजलास छाड्न अस्वीकार



काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति सर्वोच्च बारका पदाधिकारीसँग सहमति गरेपनि विवादमा परेका दुई न्यायाधीशले इजलास छाड्न अस्वीकार गरेका छन्

न्यायाधीशहरु तेजबहादुर केसी बमकुमार श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेका हुन्। अहिले न्यायाधीशहरुले उनीहरुले इजलास छाड्ने, नछाड्नेबारे राय दिइरहेका छन्।

इजलासमा गत शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ सुरु भएदेखि नै कानुन व्यवसायीहरुले श्रेष्ठ र केसीका बारेमा प्रश्न उठाएका थिए।

यो विषय चर्कँदै गएपछि आज बिहान सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेटेका थिए।