आइजिपी खनालमाथि कारबाहीको सिफारिस
काठमाडौं- कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई प्रहरीले समातेर इन्काउन्टर गरको आयोगले निर्णय निकालेको छ । आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त काण्डमा तानिएका छन् ।
गोली प्रहारको निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कारबाहीको सिफारिस गरेकाले प्रहरीभित्र उक्त काण्डले ठूलै छटपटि ल्याएको छ ।
सोमबार बसेको बैठकले निर्देशन दिनेलाई कानुनी कारबाही गरी गोली प्रहारमा संलग्न प्रहरीलाई थुनामा राखी मुद्दा चलाउन सरकारलाई सिफारिस गरिसकको छ ।
आयोगले उक्त घटनापछि शव परिक्षण गर्ने जिल्ला अस्पतालका डाक्टर वीरेन्द्रकुमार यादव,इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई समेत कारबाही गर्नपनि निर्देशन दिएको छ । पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानेर मारिएको आयोगको भनाई रहेको छ ।