इच्छा विपरित होली खेल्लेमाथी कडा कारवाही गर्ने प्रहरीको चेतावनी - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

इच्छा विपरित होली खेल्लेमाथी कडा कारवाही गर्ने प्रहरीको चेतावनी



काठमाडौं। प्रहरीले इच्छा विपरित होली खेल्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरित लोला हान्ने वा रंग लगाउनेमाथि कडा कार्वाही हुने चेतावनी दिएको हो।

होली खेल्ने वातावरण बिग्रन नदिने गरी शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको पनि परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

प्रहरीले काठमाडौंमा होलीका लागि १ सय ६ वटा ठाउँमा प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी २० वटा मोवाईल टोली पनि खटाइएको छ। रंगहरुको पर्व होली बिहीबार उपत्यका र पहाडी जिल्लामा तथा शुक्रबार तराईका जिल्लाहरुमा मनाइँदैछ।