इच्छाराजले साढे पाँच अर्ब गैरकानुनी ढङ्गले कमाएको पुष्टि - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

इच्छाराजले साढे पाँच अर्ब गैरकानुनी ढङ्गले कमाएको पुष्टि



काठमाडौं- सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले करिब साढे पाँच अर्ब रुपैयाँ गैरकानुनीरुपमा कमाएको सम्पति शुद्धिकरण अनुसन्धान विभागले निष्कर्ष निकालेको छ ।

विभागका अनुसार तामाङले सहकारी ठगी गरेर उक्त रकम आर्जन गरेको हो । अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईका अनुसार तामाङले आर्जन गरेको साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन सकेनन् । तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्षको असोज १८ गते उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

तामाङसहित १२ जनाविरुद्ध परेको उजुरीमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ ।

सहकारीमा सदस्यहरुले बचत गरेको ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्वअध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागि थुनामा छन् । उनीविरुद्ध १५३० जनाले सीआईबीमा उजुरी दिएका थिए ।