इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड जरिबाना - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड जरिबाना



काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले बताए।

प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाइएको हो। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।

उनीसहित अरु ११ जना पनि पक्राउ परेका थिए। सुरुमा ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो।

‘हामीले ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिबाना माग गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएका छौं’, सिंहले भने।