पहिलोपटक विश्वकप आएको आइसल्याण्ड हार्‍यो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

पहिलोपटक विश्वकप आएको आइसल्याण्ड हार्‍यो



पहिलो पटक विश्वकप फुटबल खेल्न लागेको आइसल्याण्ड अभ्यास खेलमा नर्वेसँग पराजित भएको छ ।

रुस विश्वकपका लागि स्थान बनाएर विश्वकप खेल्ने जनसंख्याका हिसाबले इतिहासकै सानो देश बनेको आइसल्याण्ड विश्वकपको पूर्व तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति नर्वेसँग ३–२ ले पराजित भएको हो ।

१५ औँ मिनेटमा जोनसनको गोलबाट नर्वेले अग्रता लियो । तर ३० औँ मिनेटमा पाएको पेनाल्टीमा अलफ्रेड फिनबोगासनले आइसल्याण्डका लागि बराबरी गोल फर्काए ।

७० औँ मिनेटमा गिल्फी सिगुडर्सनले गोल गर्दै आइसल्याण्डलाई २–१ को अग्रता दिलाए । घुँडाको चोटका कारण गएको मार्चदेखि मैदान बाहिर रहेका उनी यहि खेलबाट मैदान फर्किएका हुन् ।

उनको गोल पछि भने नर्वेले दुई गोल थप्यो । उसका लागि ८० औँ मिनेटमा जोशुआ किङ्ग तथा ८५ औँ मिनेटमा एलेक्साण्डर सार्लोथले गोल गरेपछि नर्वे ३–२ ले विजयी भयो ।

आइसल्याण्डले विश्वकप अघि घानासँग खेल्ने छ । समूह डी मा अर्जेन्टिना, क्रोएसिया तथा नाइजेरियासँगै रहेको आइसल्याण्डले पहिलो खेलमा जुन १६ मा अर्जेन्टिनाको सामना गर्नेछ ।