२०७५ भदौ २, शनिबार

डा. देवकोटाले भने: ‘आइ फील अमेजिङ’

June 10, 2018
155 Views
Spread the love
  • 8
    Shares

काठमाडौं – वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्। एनेस्थेसियोलोजिस्ट डा मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त?’

डा देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने इच्छा थियो,’ देवकोटाका भतिजा वसन्तले नागरिकसँग भने, ‘गाउँ पुगेर त्यो धाराको पानी खाएर आएपछिस उहाँको अनुहारमा अनौठो सन्तुष्टि देखियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।

बिहानदेखिकै निरन्तर प्रयासपछि परिवारले उनलाई जन्मगाउँ पु¥याउने इच्छा शनिबार पूरा भएको थियो। ‘बेलायतमा छँदैदेखि उहाँले मेडम (श्रीमती डा मधु) लाई एकपटक गाउँ पु¥याउन वचनबद्ध गराउनुभएको रहेछ,’ वसन्तले भने, ‘थप सुधार होला र सकेसम्म बासै बस्ने गरी लान सकिन्छ कि भन्ने लागेको थियो। तर शनिबारै लैजाने निर्णय भयो र पु(याइयो पनि।’

बेलायतमा किङ्स कलेज हस्पिटलमा उपचार भइरहँदा डा। देवकोटाले श्रीमती मधुसँग ‘एकपटक मलाई गाउँ पु(याइदिनुपर्छ’ भनेका थिए। ‘घरमा जाने, लमजुङ साइँलीटारस्थित मामाघर जाने र सबैलाई भेटेर आउने भन्नुभएको थियो,’ देवकोटासँग गोरखा पुगेर फर्किएका उनका मामाका छोरा काशीराज घिमिरेले भने, ‘लमजुङचाहिँ पु(याउन सकिएन।’

डा देवकोटाको स्वास्थ्यमा केही सुधार आएपछि गाउँ लैजाने योजना परिवारको थियो। १८ गते शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखियो, चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्ने निर्णय गरे। उनको स्वास्थ्यमा बिहीबार केही सुधारको संकेत देखिएपछि चिकत्सकले शुक्रबार भेन्टिलेटर हटाएका थिए।

Facebook Comments
  • 8
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…