"अदालतले जे मनलाग्यो त्यही फैसला गर्छ, यो भन्दा तमासा के हुन्छ ?" - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

“अदालतले जे मनलाग्यो त्यही फैसला गर्छ, यो भन्दा तमासा के हुन्छ ?”



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य शक्तिको आडमा सरकारले प्रधान न्यायाधीशलाई घरमा थुनेर आफन्तलाई घरबाट बाहिर निस्कँदा गिरफ्तार गरेको बताएका छन् ।

शनिबार नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

उनले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भएपनि अब त्यस्तो दोहोरिन नहुने समेत बताए ।

ओलीले भने,अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइन्न् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ ।

अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ? कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको उनको भनाइ थियो ।

ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताए ।