दाङमा श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

दाङमा श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन्



श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन ।

जुन घटना दाङमा पहिलो हो ।

सुन्दा पनि आश्चार्य लाग्ने यो घटना जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो ।

६४ बर्षिया वृद्धा रिसमी महतराले श्रीमान् चन्द्रबहादुरको चारवटा औँला काटी पोलेर खाएकी छिन् ।

‘यो आश्चार्य चकित पार्ने घट्ना भएको छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले  भने ।, यो खबर आजकोनागरिकमा छ ।