मासु नपकाउँदा श्रीमतिको हत्या - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

मासु नपकाउँदा श्रीमतिको हत्या



डोटी –

दिपायल सिलगढी नगरपालिका–३ बस्ने कृष्ण नेपालीले कैँची प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैँची प्रयोग गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् । यो जानकारी इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिएका हुन्।

सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनले श्रीमती मिनालाई मासु पकाउन भने । तर, मिनाले मासु पकाउन नमानेपछि विवाद बढेको थियो । त्यसपछि मदिरा सेवन गरेका कृष्णले  मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेका थिए। मिनाको मृत्यु त्यही प्रहारबाट भएको थियो।

पन्तले कृष्णलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।