धनगढीमा हिन्दुवादीको विरोध प्रदर्शन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धनगढीमा हिन्दुवादीको विरोध प्रदर्शन



धनगढी/ हिन्दु धर्मका बिदाहरू कटौती गरेको भन्दै धनगढीमा हिन्दुवादीले विरोध प्रदर्शन गरेका छन् । आज दिउँसो ओमकार परिवार सङ्घर्ष समितिले विरोध प्रदर्शन गर्दै हिन्दु धर्म रक्षाको माग गरिएको हो ।

लक्ष्मी नारायण मन्दिरदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गर्दै हिन्दु धर्ममाथि प्रहार गर्दै धार्मिक हिंसा नभड्काउने हिन्दुवादीहरुले आग्रह गरेका छन् ।

सनातन हिन्दु धर्मालम्वीहरुले महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक पर्वहरू बिदा कटौती गरेको भन्दै हिन्दुवादीहरुले त्यसको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले हिन्दु धर्मको रक्षा गर्न माग गरेका छन् ।

बिदा कटौती गर्ने निर्णयले हिन्दु धर्मालम्वीहरुको भावनामा गम्भीर आघात पुरयाएको हिन्दुवादीहरुको आरोप छ । सामाजिक सद्भाव खलवलाउने र धार्मिक द्धन्द्ध बढाउने खतरा बढेको भन्दै बिदाको निर्णय सच्याउन उनीहरूले माग समेत गरेका छन् ।

सामाजिक र धार्मिक सद्भाव कायम राख्नको लागि सबैमा उनीहरूले आग्रह गरेका छन् ।