३ जना हुन्डी कारोबारी पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

३ जना हुन्डी कारोबारी पक्राउ



काठमाडौं– प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डु र गौशाला वृत्तको विशेष टोलीले आइतबार चाबहिलबाट ३४ लाख ८९ हजार नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अवैध हुन्डी कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको पुष्टि गरे ।

उनले ती कारोबारी दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका आधारमा सो रकमसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।