हुन नसकेको प्रेमी ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हुन नसकेको प्रेमी !



मनिकला महतरा 

उ हेर्दा खासै हेन्ड्सम त होइन तर पनि मलाई उ असाध्यै मन पर्ने केटा हो ।एक त उ मेरो बाल्यकाल देखिको मिल्ने साथी हो। उसको नाम आशिष् हो।आज उ म देखि धेरै टाढै छ ।तर मेरो आँखा मेरो मनले आज पनि हरेकमा आशिषलाई नै खोजी रहन्छ।उ मेरो जीवनको एक अविस्मरणीय व्यक्ति हो ।एक समय पुग्दा हरेकलाई एक साथी चाहिन्छ।आफ्नो मन मिल्ने ,आफ्नो भावना बुझी दिने ,केही समस्या पर्दा आफू सङै खडा भई दिने यस्ता साथी हरेक लाई त मिल्दैनन् । तर म आफू लाई खुब भाग्यमानी सम्झिन्छु कि म सङ बाल्यकाल देखिको मैले राम्रो सङ चिनेको सङै हासखेल गरेको आशिष जस्तो साथी थियो । बाल्यकालमा त हामी केवल साथी मात्रै थियौँ ।तर समय सँगै हाम्रो साथित्वको नाताले प्रेमको नाम लियो हामी दुवै प्रेम शब्दले बेखबर थियौँ ।आशिष र मेरो एउटै गाउँ ,एउटै स्कुल ,एउटै कक्षाकोठा थियो त हामी साथी बन्न पुग्यौं ।

उ अरू केटा भन्दा फरक किसिमको थ्यो। उ छोरो मान्छे हुनका बाबजुद पनि अलिक भावुक किसिमको केटो थियो ।उसको त्यही विशेषताले नै होला म उसको साथी बन्न पुगे । उसको बाल्यकाल देखि एउटा बानी छ जुन बानीले आज पनि मलाई उसलाई भुल्न दिँदैन ।त्यो थियो मेरो कपाल तानी दिने बानी,मेरो पछ्यौरी लुकाइदिने बानी !मलाई सानै देखि उसको यो बानीले सारै रिस उठ्थ्यो।यही बानीको कारण हामी बिच कयौँ पटक झगडा पनि परेको थियो ।कति दिन सम्म हामी न बोली ,नबोली पनि बस्थियौ ।तर फेरि सबै बिर्सेर हामी बोली हाल्थ्यौ ।तर पनि उ मलाई जिस्काउन छोड्दैनथ्यो । सानै देखि हामी सङै खेल्थ्यौ सँगै पढ्थ्यौ ।छुट्टीको दिन पनि हामी सङै गाइ बाख्रा हेर्न जान्थ्यौ ।हामी सङै राजु,रविन,सीता अनि मिना पनि हाम्रै साथीहरू थिए।हामी सबै साथीहरू प्राय जसो हरेक ठाउँमा सँगै हुन्थ्यौ।

दिन र बाल्यकाल आफ्नै बहावमा बगिरहेका थिए ।अन्त्यता एस .एल.सी परीक्षाको रिजल्ट आयो ।हामी छ जना नै राम्रो श्रेणीमा पास भयौँ ।सबै धेरै खुसी थियौ तर खुसीले आफू सँगै बिछोडको पिडा पनि लिएर आएको रैछ ।अब को सहर पढ्न जाने ?अनि को गाउँमै बस्ने होलान् भन्नी कुराले सबैमा उत्साह र निराशा बराबर थियो ।आशिष पनि अब पढ्न काठमाडौँ जाने भएछ ।गाउँमा उच्चस्तरीय विद्यालय नभएकोले गाउँका सबै एस.एल.सी.पछि पढ्न सहर जान्छन् ।तर मैले मेरो पढाइलाई यतिकैमा रोक्नुको अर्को कुनै विकल्प थिएन।मेरो बाबा सामान्य किसान हुनु हुन्थ्यो ।म बाहेक बाबालाई अझै तीन भाइबहिनीलाई पनि पढाउनु थियो ।बाल्यपन न सकिए पनि अब आफ्नो जिम्मेवारी निभाउने बेला आएको थियो ।तसर्थ अब पढाई छोड्ने र बाबालाई खेतीपातीमा हात बटाउने निर्णय गरे।यसै बिच आशिष पनि काठमाडौँ पढ्न गई सकेछ।अरू साथीहरू पनि सुनौला भविष्य बनाउन सहर पढ्न गए ।अघिपछि गाउँ सुनसान भए पनि दसैँ आउन लाग्दा सबै आआफ्नो घर फर्किदा गाउँघरमा क्षणिक समयको लागि भए पनि फेरि रमाइलो हुन्छ । आशिष र म पहिलो पटक थियो यति लामो समय छुट्टिएको ।सहर गएको पनि छ ,सात महिना बितेछ ।यस बिच म उसलाई धेरै पटक सम्झी रहन्थे।

असोज महिना थियो घाम पनि कति घमाइलो लागेको थियो । सधैँको जस्तै म बाख्रा र गाइ गोरु फुकाएर हेर्न जङ्गल तिर लागे । जङ्गल जाने बाटो तिर पुरानो ठुलै ढुङ्गा छ आज पनि छ हामी पहिलै देखि दिन भरी त्यही ढुङ्गामा बसेर बाख्रा हेर्थ्यौ। ढुंगो माथि डाँडामा भएको ले जङ्गलले ओगटेको सबै भाग राम्रो सङ देखिन्थ्यो ।बाख्रा छोडी दिए आफै अघाएर माथि निस्कन्थे आशिषको घरमा पनि बाख्रा पालेका थिए ।कहिले उसको बाबाले ,कहिले उसको मम्मीले र स्कुल छुट्टीको बेला उसको बहिनीले हेर्ने गर्थे।आज पक्कै आयिशा बाख्रा हेर्न आएकी होली भनेर सँगै हेरौला भनेर मैले जोडसित दुई ,तिन पटक उसलाई बोलाए तर केही जवाफ आएन ।आयिशा आशिषको कान्छी बहिनी हो ।उमेरले उ आशिष भन्दा तीन वर्षले कान्छी छे तर उ आशिष जस्तै पटक्कै छैन ।उ साह्रै चञ्चले स्वाभाविक छे सुन्दर र बुद्धिमानी पनि उस्तै छे ।उ आफ्नो दाइको नाम जोडेर मलाई खुब जिस्काउन्थी ।आशिष काठमाडौँ गए देखि मलाई उसको अभाव आयिशाले पूरा गरेकी थिई। आज बाख्रा हेर्न आयिशा आएको भए आशिषको बारेमा सोध्नु पर्ला भनेर म उसलाई देखिने गरी त्यही डाँडाको ठुलो ढुङ्गामा बसेँ ।

म आशिषको बारेमा सोचिरहेको थिए ।सहर गए पछि धेरै मान्छे बद्लिन्छ्न। रहनसहन ,खानपिन,बोलीचाली सबै बदलिन्छ रे भन्नी सुनेको थिए ।आशिष कस्तो भयो होला म जस्तै उसलाई सहरमा कोही साथी मिल्यो होला र ? भन्नी कहुतुहलता जाग्यो ।अचानक कसैले पछिबाट मेरो आँखा छोपी दियो ।पहिला त एकदम डर लाग्यो तर तत्काल नै आशिषको स्पर्श महसुस गरे। हुन पनि आशिष नै रहेछ।हामी कति भावनात्मक जोडिएका रहेछौँ भन्ने कुरा उसको स्पर्शले चिन्दो रहेछु भन्ने कुराले प्रस्ट भयो उसले सोध्यो न हेरिकन छोएर पनि कसरी म नै हो भन्नी थाहा पाएकी ? त्यस प्रश्नको जवाफ त म सङ पनि थिएन ।सहर गए देखि त उ खुब गोरो भएछ ।अलिक मोटाएछ पनि पहिला गाउँमा बस्दा त साह्रै दुब्लो थियो ।म उसलाई आशिष भन्दा धेरै लुरे भनेर बोलाउने गर्थे। उ सहरमा बसे पनि मैले उसको व्यवहारमा खासै परिवर्तन देखिन ।कति धेरै कुरा गर्ने मन हुदाहुदै पनि समय बितेको पत्तो नै भएन ।बाख्रा ,गाईगोरु पनि माथि बाटोमा आइ सक्नेछन् भन्दै हामी घर तिर लाग्यौं । त्यो दिन कसरी गयो भन्न थाहा नै भएन।

अर्को दिन बिहानको सबै काम छिटो छिटो सकाएर म बाख्रा र गाइबस्तु फुकाएर जङ्गल तिर लागे ।आशिष्ले पनि हिजो भोलि पनि आफू नै आउने बाचा गरेको थियो ।सायद आइ सकेको होला भनेर मैले ओइ लुरे.. ओए लुरे ..भनेर जोड सङग आवाज लगाए तर सायद आइ सकेको थिएन।अनि म त्यही डांडाको ढुङगामा गएर बसेँ ।दसैँ तिरको घाम पनि कत्ती घमाइलो लागेको हो त्यस दिन बिहान बिहानै अनि परबाट अचानक मुरली बजाउँदै कोही आइ रहेको थियो । टाढाबाट हेर्दा त आशिष त खुब राम्रो देखिदो रैछ ।हाइट पनि मिलेको, कपडा लगाउने ढङ्ग पनि कति स्टाइलको ,केटाले सहर बसेर ज्यान पनि बनाएछ भन्नी सोच्दा सोच्दै उ मेरो छेउमै आइ पुगेछ ।सहरमा बसेको केटो जङ्गल आउँदा नि नाक नै फुट्ने गरी सेन्ट छर्केर आएको रैछ ।उ नजिक न आउँदै मलाई जोडले हाच्छियुँ आयो। के गर्नु आफू लाई त राम्रो सुगन्ध देखि नि एलर्जी रैछ ।उ नजिक आए पछि मलाई किन न बोलाई आएकी भन्न भ्याको थियो ।मैले उसको कुरा बिचमा नै काटेर भने के हो आज गर्लफ्रेन्डलाई पनि यतै बोलाएका छौ र खुब हेन्ड्सम बनेर आएका छौँ उ।उसले आफ्ना भएभरका बत्तिसी देखाउँदै भन्यो होइन तिम्रो लागि पो राम्रो भएर आएको कस्तो देखिएको छु ।मैले हाँस्दै भने यहाँ बस्ने बाँदरहरूको लिडर लाग्दै छौँ । उ रिसायो । रिसका बेला नि हेन्ड्सम लागेका छौ भने पछि उ केटी झैँ लजाउँदै झोला बाट केही निकाल्दै थियो ।

उसले काठमाडौँ देखि मेरो लागि किट्क्याट वाला महँगो खाले चकलेट अनि मिठाई ल्याएको रैछ। अनि उसले सबै मलाई दिँदै भन्यो आज उसको मुड खुब राम्रो रैछ। कन्जुस बाउनको हातबाट नि केही चुहिने रैछ भनेर मैले उसलाई जिस्काए ।उ मेरो नजिकै आएर बस्यो अनि मेरो हात समात्यो ।तर यस पटक उसको स्पर्शले अलिक असहज महसुस गरे अनि उसको हात हटाउँदै सोधे ।के भो किन भावुक भएको नाटक गर्छौँ ।अनि उसले अचानक फेरि हात समाउँदै भन्यो ‘आई लभ यु ‘अब भने मलाई उसको यो जोक पटकै मन परेन।मैले जिकाउदै भने काठमाडौँ पढ्न गएका लुरे ले फिल्म खेल्न थाल्यौ र ?राम्रो अभिनय गर्छौँ ।अब भने मलाई उसका कुराले रिस उठ्दै थियो ।तर उ धेरै पछि सहरबाट आए को र केही समय मात्रै गाउँमा बस्ने हुनाले उ सङ झगडा गरेर न बोली न बोली बस्ने सोच त्यागे र आज घर छिट्टै जाने भन्दै बाख्रा निकालेर घर तिर लागेँ ।

उसको त्यस्तो व्यवहार मेरो मन मस्तिष्कमा एक पछि अर्को गर्दै उत्पात मच्चाइ रहेका थिए ।आफूले आफूलाई सोधे मलाई उसको कुराले किन यति धेरै अन्योलमा पार्‍यो ।के थाहा उनले मजाक गरेको होला ।पहिला पहिला पनि त उ हाँसो मजाक त गरी नै रहन्थ्यो।सायद उसलाई त्यसरी जङ्गलमा एक्लै छोडेर म न आउन पर्ने हो ।के सोची रहेको होला भन्नी सोची रहेको बेला उ उता बाट आफ्ना बाख्रा लिएर घर आउँदै थियो उ टुलुटुलु निन्याउरो अनुहारले मलाइ हेरी रहेको थियो ।तर आज मलाई उ सङ ठाडो नजरले हेर्न सक्ने क्षमता थिएन ।मनमा अनेकौँ विचारहरू एक आपसमा महाभारतको जस्तो युद्ध लडिरहेका थिए ।अन्तिम मा सायद उ शहरबजारमा बसेको उता तिर यस्ता कुरा सामान्य होलान् ।उसले सहरका केटी साथीहरू सङ नि त्यस्तै गर्छ होला म नै धेरै सोची रहेछु जस्तो लाग्यो । त्यो दिन पनि यतिकै गयो ।यसरी दिन हरू बिती रहेका थिए ।उसको र मेरो भेट न भएको पनि दुई दिन बितेछ।पहिला पहिला त उ म बिना एक दिन नि बस्न सक्ने थिएन ।आज भोलि त पक्का कोही सहर तिर कि गर्लफ्रेन्ड बनाएको होला अनि मलाई भुल्यो जस्तो लग्यो ।

एक दिन म घर मा एक्लै थिए उ अचानक घर आयो म धेरै खुसी भए कमसेकम उ म सङ रिसाएको त रहेनछ जस्तो लाग्यो ।उसले मेरो बाबालाई अङ्कल कहाँ जानू भएछ भनी सोध्यो ।आज बाबा बाख्रा हेर्न जानू भाछ उ बस ! बाबा सङ के काम हो भन म भनी दिउला भने ।अनि उ पनि सरासर आएर आँगनको छेउमा बस्यो ।उसले सानो आवाजमा सोध्यो रिसाएकी छौ ? म हाँस्दै उसको छेउमा गएर बस्दै भने छोड यार बितेका कुरा गरेर समय किन बर्बाद गर्ने बरु तिमी कहिले सम्म बस्छौँ गाउँमा ,तिम्रो पढाइ कस्तो चलिरहेको छ? अनि उसले राम्रै छ दुई हप्ता पछि जाँदै छु भन्नी शब्द छोटकरीमा टुंग्यायो ।

उसको आवाजले आज अलग्यै भाव बोकेको थियो तर आज पनि म उसको मन को भाव बुझ्नमा असमर्थ थिए।मैले उसको छेउमा गएर हात समातेर हेरे अनि सोधे कि उसलाई ज्वरो त आएको छैन ? किन असहज महसुस गरेको हो ।सन्चो छैन भने यही खाटमा सुत म सिटामोल दिन्छु भने ।उसको अनुहारमा क्रान्ति थियो उ म सङ केही भन्न चाहन्थ्यो । उसले मलाई आफू नजिक बस्न आग्रह गर्‍यो। म उसको छेउमा गएर बसे अनि सोधे ल भन तिमीलाई के समस्या छ।उसको अनुहार देख्न लायकको थियो।उसले लामो श्वास फेर्दै भन्यो तिमीलाई कस्तो खाले केटा मन पर्छ? तिमी जस्तो म जिस्किएँ । म उसलाई दुखी देख्न सक्तैनथे। त्यसै पनि उ केटो मान्छे भए पनि केटी झैँ रोई हाल्छ।लास्टै पिन्चे छ फिल्म हेर्दा नि रुने केटो हो बिचरा!अनि मैले सोधे आज भोलि नि फिल्म हेर्दा रुन्छौ ? उसको रुन्चे मुहार अलिक मुस्कान भरिए जस्तो भयो ।त्यतिकैमा बाबा पनि बाख्रा लिएर आइ पुग्नु भो ।अनि आशिषलाई त्यहाँ देखेर के कामले आएको भनी सोध्नुभयो अनि उसको बाबाले लिएर आउनु भन्नू भएको रैछ र पो उ म सङ त्यतिका बेर सम्म बसेको रैछ।मैले पनि छुचो बाउन आफ्ना कामले पो आएको रैछ म भने मेरो साथी आएको भनेर मख्ख परेकी भनेर उसलाई सुनाइ दिए।उसको अनुहारमा खुसी देखिरहेको थियो।अनि बाबा र आशिष उसको घर गए।त्यो दिन पनि उ सँगै बित्यो।मलाई मेरो साथी फेरि फिर्ता मिलेकोमा एकदम खुसी लाग्यो।

उसको प्रेम प्रति त म परपर सम्म नि अनजान थिए ।अर्को दिन बिहानै अयिशा मलाई भेट आएकी रैछ।म घाँस काटेर भर्खरै घर आएकी थिए ।दिदी तपाईँ सङ्ग काम छ रे आउनुस् त यता भन्दै एक्लैमा बोलाई ।मलाई पहिला त चिसो पस्यो के भएछ र भनेर पछि आशिष दाइले दिन भन्नू भएको रे भनेर मलाई एउटा खाम हातमा दिई र त्यहाँ बाट टाप कसेर भागी के रहेछ भनेर यसो बहिरी कवर हेरेको फुलहरू बनाएको ,राम्रो पेनले सुन्दर अक्षरहरूले मेरो नाम लेखेको रहेछ।कति आकर्षक शब्द लेख्न सिकेछ लुरे ले भन्दै त्यो पत्र खोले ।सायद त्यो प्रेम पत्र थियो ।उसले मलाई मुटु नै निचोरेर त्यो पत्र लेखेको रैछ उसले मलाई धेरै पटक भन्न खोजे पनि मैले मजाकमा उडाइ दिएको कारण उसले पत्र मार्फत मलाइ आफ्नो प्रेम प्रस्ताव राखेको रैछ । म भने उसलाई एउटा राम्रो साथी बाहेक अरू केही सोच्दैनथे तर उ मलाइ जीवन साङिनी बनाउन चाहेको रैछ भन्ने कुरा पत्र पढे पछि मात्रै थाहा पाए ।उसको पत्र पढ्दै गर्दा म धेरै पटक रोए।सायद म पनि उसलाई प्रेम गर्दिरहेछु तर त्यो क्षणमा मलाई प्रेम के हो ? कसरी गरिन्छ ?केही थाहा थिएन।प्रेमलाई म सामाजिक विकृति जस्तो मान्दथे जहाँ केटो र केटी आफ्ना जन्म दिएका बाबुआमा ,घर परिवार ,समाजको विरुद्ध गएर आफ्नो खुसीको लागि लिने निर्णय सम्झिन्थे।प्रेम भन्ने के हो न त कहिले गुरुहरूले स्कुलमा पढाए न त आज भोलि का जस्तै अनेकौँ सरसाधन थिए प्रेम के हो? भन्ने बुझ्न ।

स्कुलमा त बस गुरुहरूले पनि जिम्मेवारी ,उत्तरदायित्व ,असल व्यक्तित्व जस्ता ज्ञान मात्रै सिकाए ।जसलाई म अनुसरण गर्दा गर्दै आशिषको प्रेम स्विकार्न असमर्थ थिए। म झसङ्ग भए ।उसले त्यो दिन जङ्गलमा ‘आई लव यु ‘ भनेको पनि साँच्चै रैछ ।अनि उसले ‘तिमीलाई कस्तो केटा मन पर्छ’ भनेर सोध्दा मैले उसको मुड ठिक गर्न त्यतिकै ‘तिमी जस्तो’भनेको पनि उसले पत्याएको रैछ ।मैले ऊसँग मजाकमा गरेका हरेक कुराहरूलाई उसले आफ्नो मनमा प्रेमको जग बनाइ महल खडा गरेको रैछ।दस पन्नामा उसले काठमाडौँबाट फर्केपछि हाम्रो भेट पछिका हरेक क्षणलाई भावनामा उतारेको थियो ।

म अन्योलमा परे । म सङ उसका कुनै पनि प्रश्नहरूको जवाफ थिएन। म उसलाई निराश हेर्न सक्ने थिइन। म दोधारमा परे । उसको त्यो पत्र पढी सके पछि म भित्र एक बदलाव आएको थियो ।म उसको कल्पनामा हराउन थाले।उ मलाई झनै राम्रो लाग्न थाल्यो।हामी अब दैनिक भेट हुन थाल्यौँ ।धेरै समय हामी एक अर्कोलाई हेरिरहन्थ्यौ ।अब उसले हात समात्दा नि एक छुट्टै किसिमको अनुभूति हुन्थ्यौ ।दिनहरू बितेको पत्तो नै भएन ।अब उ काठमाडौँ जाने दिन नजिक आउँदै थिए । यस पटक भने उ म सङ्ग गाउँमा नै बसिदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।तर म भविष्यमा उसलाई ठुलो मान्छे भएको हेर्न चाहन्थे ।म उसलाई म रोक्न चाहन्थेँ ।

दिनहरू बिती रहेका थिए ।म घाँस काट्न जान लागेको बेला अचानक अयिशा आइ र ‘दाइले तपाईँलाई घर बोलाउनु भा छ ‘रे भनेर यहाँबाट हराई ।किन बोलाएको रैछ र ? भनेर म उसको घर तिर लागे ।उ र म छिमेकी ,बाल्यकालमा सँगै हुर्केका ,दुवैका बाबाहरू पनि साथीसाथी भएकोले हामी बिच त्यस्तो बाधा अवरोध केही थिएन।हामी भेट भई बस्दा नि मलाईलाई कसैले केही भन्ने थिएन। उ घरमा एक्लै रैछ ।आफ्नो कोठामा काठमाडौँ जानको लागि झोलामा समान मिलाउँदै रैछ।मैले आँगनको डिलबाट उसलाई बोलाए तर उ आफ्नो काममा व्यस्त रैछ र मलाई उसको कोठामा आउन आग्रह गर्‍यो। जान त पहिला पनि उसको कोठामा म गएको थिए तर उसको बहिनी पनि सँगै थिई ।

पहिला त मलाई एक्लै उसको कोठामा जान अप्ठ्यारो लाग्यो तर उ अरू जस्तो छैन ,उ मेरो मिल्ने साथी हो भनेर सरासर उसको कोठामा गए। केटो भए पनि उसको कोठा मेरो भन्दा पनि चिटिक्क परेको थियो ।उसलाई समान यताउता राख्ने बानी पिटिक्कै थिएन ।’म पनि मिलाइ दिंउ’ ? पर्दैन !बस तिमी भनेर उसले मेरो हातबाट आफ्नो कपडा तान्यो । कपडा मिलाउँदै गर्दा उ मेरो छेउमा आएर बस्यो।उ मलाई एकोहोरो हेर्न लाग्यो ।मलाई असहज लागेर मैले मुख उता फर्काए ।उ झन् मेरो नजिक आएर जोडले मेरो दुवै हात समात्यो र मलाई अङ्कमाल गर्‍यो।उ मलाई जबर्जस्ती चुम्बन गर्न खोज्दै थियो।म उसलाई रोक्नको लागि सकेको बल लगाएर पछि धकेलिदिए ।पछिल्तिर भित्तोमा काटी रहेछ ।उसको हात काटिमा परेछ। उसको हातबाट रगत बगिरहेको थियो ।मैले नदेखे झैँ गरेर यहाँ बाट रुँदै निस्किए ।आशिष पछि बाट ‘सरी” भन्दै थियो ।म नहेरी त्यहाँबाट जाँदै थिए।बाटोमा मलाई आशिषको मिल्ने साथी रविले देखेको थियो ।मलाई आशिष प्रति धेरै रिस उठ्यो ।उ प्रति मलाई धेरै घृणा जाग्यो। अब उसलाई कहिल्यै नभेट्ने र उसङ कुनै सम्बन्ध नराख्ने सङ्कल्प लिए । अर्को दिन उ काठमाडौँ फर्किसकेको खबर पाए।म उसङको क्षणिक पल खराब गर्न चाहेको थिइन ।तर उसैले कहिल्यै नभुल्ने पल बनाइ दियो मेरो लागि ।उसले गरेको त्यो व्यवहारले मलाई धेरै छटपटी हुन्थ्यो ।उसले गरेका हरेक स्पर्शले मलाई भयावह हुन्थ्यो ।आशिष तीन महिनापछि फेरि घर आउँदै रहेछ। दिनहरू बिती रहेका थिए।आशिषलाई म भुलाउने कोसिस गर्दै थिए ।

एक दिन म बाख्रा हेर्न जङ्गल गएको थिए ।आशिषको साथी रवि पनि गाईबस्तु हेर्न आएको रैछ। उ आशिषको मिल्ने साथी भए पनि म उ सङ खासै बोल्दैन्न्थे । रवि त के म आशिष बाहेक अरू कुनै केटासँग बोल्दैनथे।रवि आशिषको साथी भए पनि उ आशिष जस्तो पटक्कै थिएन । उ म सङ्ग बोल्ने प्रयास गरी राख्यो।पहिला त मैले केही मतलब राखिन ।म आशिषले गरेको व्यवहारबाट धेरै दुखी थिए ।म यो मानसिक तनावबाट निस्केको लागि रबि सङ बोल्न थाले ।रवि बाहेक अरू कोही पनि म सङ बोल्दैनथे।म पनि कसैसँग बोल्दैनथे । रवि म सङ्ग हेलमेल बढाउन थाल्यो ।उ कुनै पनि बेला मेरो घर आउन थाल्यो। उ जहिले पनि मेरो नजिक आउन खोज्थ्यो।अब उसङ मलाई असुरक्षाको आभास हुन थाल्यो।

एक दिन मलाई अचानक रविको घर जानुपर्ने भयो।रबिमा एक्लै रैछ ।मैले रविलाई उसको बहिनी को बारेमा सोधे ।उसले आफ्नो कोठातिर इसारा गर्‍यो।सायद उसको बहिनी कोठामा होलिन् भनेर म सरासर उसको कोठामा गए तर उनी थिइनँ ।रवि अचानक पछि बाट आएर कोठा बन्द गर्‍यो र म सङ्ग जबर्जस्ती गर्न लाग्यो ।उसले मेरो मुख बेस्सरी थुनिदियो ।मलाई सास फेर्न गाह्रो भएको थ्यो।तर पनि हिम्मत गरेर मैले उसबाट आफूलाई छुट्टाउन सफल भए। रवि जस्तो खराब केटो मैले मेरो जीवनमा देखेको थिइन् ।उसलाई केटीहरूको भावना र शरीर सङ खेल्ने बानी परेको रैछ।म चाहिँ उसलाई आशिष सङ्ग दाज्न खोज्दै थिए।म आशिषलाई चिन्न नसकेको रहेछु।उसले मलाई कहिल्यै पनि चोट पुर्‍याउन सक्दैन।उ सपनामा पनि मसङ यस्तो दुर्ववहार गर्न सक्दैन भन्ने मलाई पूर्ण विश्वास थियो ।मैले उसलाई दिएका चोट प्रति म आत्माग्लानी महसुस गर्दै थिए ।उस बेला मलाई रविको दुष्कर्म भन्दा आशिष धेरै याद आइ रहेको थियो।उ मेरो मिल्ने साथी मात्रै थिएन उ मेरो प्रेमी ,शुभचिन्तक ,मेरो सहयात्री र मेरो जीवनको एक अहम् हिस्सा थियो ।म आशिष आउने दिन गन्दै थिए ।

भोलि उ आउँदै छ रे भन्ने सुनेर म एकदम उत्साहित थिए।भोलि कति बेला उज्यालो होला र म उसलाई भेटौला अनि कान छोपेर माफी मागे उ मलाई माफ गरी दिन्छ र पहिलाको जस्तै रमाइलो सम्बन्धमा फर्किन्छौ भन्नी लागेको थियो ।बल्ल बल्ल निद्रा लाग्यो ।सपनामा पनि म उसको नजिक जान खोज्दै थिए ।अचानक धेरै मान्छे आएर मेरो आशिषलाई लिएर विलीन हुन्छ।उसलाई खोज्दा खोज्दै मेरा आँखा खुल्छ।कस्तो डर लाग्दो सपना रैछ त्यस पछि म निदाउन नै सकिन ।आँखा हेर्दाहेर्दै उज्यालो पनि भयो ।आज आशिष आउने दिन छिटो छिटो काम सकाएर उ आउने बाटोमा गएर बसे ।अघिपछिको भन्दा आज धेरै मान्छे बसस्टापमा रैछ कोही भि.आइ.पी आउने झैँ गरेर सबै कुरी रहेका थिए ।अचानक आशिषको आमाबाबुको रुने चिच्याउने आवाजले मलाई झसङ्ग बनाउन्छ।के भएर होला भनेर सोधपुछ गर्दा आशिष आउने गाडी दुर्घटनामा पर्‍यो रे भनेर सुने पछि एक दिन मेरो मुटुको धड्कन चल्न छोड्यो ।मेरो हातमुख सुक्न थाल्यो ।म न केही बोल्न सक्थे न त मेरो शरीर चल्थ्यो कानले बस ‘आशिष मेरो छोरा ‘भन्ने आवाज मात्रै सुनेका थिए।तेतिकैमा परबाट एम्बुलेन्सको आवाज आउँछ।आशिष आएको रैछ तर आज उ बेजान छ उसले कहिल्यै न खुल्ने गरी आफ्ना आँखा बन्द गरेको छ।उसलाई देखेर मुटुबाट आँखा सम्म आइ पुगेको छ ।

उ चिरनिन्द्रामा सुतेको छ कहिल्यै न उठ्ने गरी तर म उसको स्पर्श महसुस गर्दै छु ।जब मलाई प्रेमको आभास भो म सङ त्यो प्रेम गर्ने मान्छे नै छैन। दस वर्ष बित्यो तिमि मलाई एक्लै छाडेर गएको म हरेक दिन तिमिलाइ कहिल्यै न भेट्ने भन्नी लिएको सङ्कल्पको पश्चात्तापको आगोमा आज सम्म जल्दै छु।तिम्रो आयु यति थोरै छ भन्नी पहिला नै थाहा पाएको भए म हरेक सोमबारको व्रतमा तिम्रो लामो आयुको वर माग्थे होला ।यो जन्ममा हामी साथ नभए पनि अरू सात जन्म तिमी मेरो र म तिम्रो नै हुन पाउ भन्ने पशुपति सङ प्रार्थना गरेको छु ।आशिष यो जन्ममा म तिम्रो बन्न र तिम्रै हुँ भन्न सकिन माफ गरिदेऊ ….अर्को जन्म तिम्रो मेरै गाउँ र मेरै ठाउँमा होस …अलबिदा …आशिष अलबिदा !

उक्त कथा  काल्पनिक हो कसैको जीवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ।