अमेरिकी संस्थाले भन्यो: नेपाल सरकारले जनताको अधिकार खोस्दैछ - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

अमेरिकी संस्थाले भन्यो: नेपाल सरकारले जनताको अधिकार खोस्दैछ



एजेन्सी- अमेरिकी मानवअधिकारवादी संस्था हुमन राइट्स वाचले नेपाल सरकारले अभिव्यक्ति स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालाई कम आँक्ने काम गरिरहेको र द्वन्द्वकालीन घटनामा न्याय दिन पनि अस्वीकार गरिरहेको जनाएको छ । मंगलबार सार्वजनिक गरिएको आफ्नो विश्वव्यापी रिपोर्टमा सो कुरा उल्लेख छ ।

पत्रकारलाई हतोत्साही गर्ने र पक्राउ गर्ने क्रम बढेको, मस्यौदा कानुनमा अनलाइन अभिव्यक्तिलाई कठोर रुपमा निषेध गर्ने काम गरेको, गैह्रसरकारी संस्था र नागरिक समाजलाई बाधा उत्पन्न गराइएको रिपोर्टमा उल्लेख छ ।

नेपाली जनताले दशकौंसम्म लोकतान्त्रिक मान्यता र संवैधानिक प्रणालीलाई संस्थागत गर्न खोजेको भए पनि उनीहरुको अधिकारलाई अस्वीकार गर्न खोजिएको हुमन राइट्स वाचका दक्षिण एशिया निर्देशक मिनाक्षी गांगुलीले जनाएकी छन् ।

६५२ पेज लामो विश्व सम्बन्धी प्रतिवेदनमा विश्वका करिब १०० मुलुकको मानवअधिकारको बारेमा चर्चा गरिएको छ । पछिल्लो समयमा नेपालमा पत्रकार, ब्लगर, र्‍यापर जस्तालाई भ्रष्ट गतिविधिको आलोचना गर्दा, फिल्मको समीक्षा नकारात्मक गरेको जनाइएको छ ।