ऋतिक रोशन र टाइगर श्राँफ एउटै फिल्ममा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ऋतिक रोशन र टाइगर श्राँफ एउटै फिल्ममा



मुम्बई (एजेन्सी)– बलिउड निर्देशक सिद्धार्थ आनन्दले ऋतिक रोशन र टाइगर श्राँफलाई लिएर ठूलो बजेटको एक्सन फिल्म बनाउने घोषणा गरेका छन्। यशराज फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममा ऋतिक र टाइगरसहित वाणी कपुरको पनि मुख्य भूमिका रहने छ। ऋतिक र टाइगर पहिलो पल्ट एउटै फिल्ममा देखिन लागेका हुन्।

फिल्मको बजेट सार्वजनिक गरिएको छैन् तर यो ठूलो बजेटको हुने बताइएको छ। फिल्मको सुटिङ ६ भिन्न देश र १४ विशेष शहरमा हुने कारण पनि बजेटको अनुमान लगाउन गाह्रो पर्ने छैन्।

सिद्धार्थ आनन्दका अनुसार फिल्मको सुटिङ स्पेन, जर्जिया, इटली, पोर्चुगल र स्विडेनमा हुँदैछ। फिल्मको केही भागको सुटिङ भारतमा पनि हुनेछ। सिद्धार्थ आफ्नो आगामी फिल्म बलिउडको सबैभन्दा ठूलो एक्सन–थ्रिलर हुने दावी गरेका छन्।