होटलमा आमा–छोरी मृत फेला - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

होटलमा आमा–छोरी मृत फेला



डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–६ मा रहेको सृजना होटलमा मंगलबार बिहानै आमा छोरी मृत अवस्थामा फेला परेका छन ।

कैलालीको चुरे गाउँपालिका ३ भक्तपुर घर भएकी २४ वर्षीया शोभा साउँद झुण्डिएको अवस्थामा भेटिएकी छन् भने उनकी २ वर्षीया छोरी करुणा बेडमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सोमबार बेलुका खाना खाएर सुतेका आमा छोरी मृत अवस्थामा फेला परेका हुन् । शोभाका श्रीमान ठेकेदार प्रेम साउँद पनि सँगै रहेको र आमा छोरीको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

शोभाका श्रीमान प्रेम साउँद आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगी आफ्नो श्रीमती र छोरी मृत अवस्थामा रहेको भन्दै खबर गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । उक्त होटल जिल्ला प्रहरी कार्यालय डोटीबाट करिब एक सय मिटर जति टाढा रहेको छ । घटनाको विस्तृत रहस्य भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।