होटेलको बिल उपलब्ध गराउन माओवादीलाई निर्वाचन आयोगको निर्देशन - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

होटेलको बिल उपलब्ध गराउन माओवादीलाई निर्वाचन आयोगको निर्देशन



नेकपा माओवादी केन्द्र र चितवनको एक होटेललाई निर्वाचन आयोगले बिल उपलब्ध गराउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ बिल उपलब्ध गराउन निर्देशन दिएको हो ।

यही कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन होटललाई र माओवादीलाई निर्देशन दिएको छ।

आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ।

सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

उक्त दिन ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भन्ने व्यहोरा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएको विषयमा आयोगले पत्र पठाएको हो।