अस्पतालमा झडप, ७ प्रहरीसहित आन्दोलनकारी घाईते - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अस्पतालमा झडप, ७ प्रहरीसहित आन्दोलनकारी घाईते



पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरीसहित केही आन्दोलनकारी घाईते भएका छन् ।

प्रहरीले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको र अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन् ।

केही दिनयता उनीहरुले अस्पताल प्रशासन अगाडि धर्ना समेत दिदै आएका थिए । आफूहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीको भनाई छ ।

प्रहरीले भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्‍याउन खोजेको आरोप लगाएको छ । प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप भएको थियो ।

आन्दोलनकारीमध्ये २० जनालाई पक्राउ गरिएको र झडपका क्रममा ७ प्रहरी घाईते भएको कास्कीका प्रहरी प्रमुख एसपीले बताए ।

फाइल तस्बीर