यो बस्तीमा बन्दैछ नमुना होमस्टे - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

यो बस्तीमा बन्दैछ नमुना होमस्टे



माधव बेल्वासे
कपिलवस्तु(चन्द्रौटा)
जिल्लाको चन्द्रौटा बजारबाट करिब २० किलोमिटर दक्षिण पश्चिममा रहेको अति विकट बस्ती हो जौवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिकांश थारु समुदाय मानिसहरू बस्ने गर्दछन् ।आजभन्दा करिब २ वर्ष अगाडी यो गाउँमा कुनै सेवा सुविधा रहेको थिएन ।
पछिल्लो समयमा भने केही फरक देखिन्छ । सडकमा मोटरवाइक,ट्याक्टर लगायतका सवारी हिँडेको हुन्छन् ।खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ यस गाउँका बालबालिकाहरू पढ्नको लागी पनि विद्यालयको व्यावस्था रहेको छ तर यो बस्तीमा पुग्कन दुई वटा खोलामा पुल नहुँदा बर्खाको समयमा झलुङ्गे पुलको विकल्प छैन जसले ठुला सावारीहरु जान सक्दैनन् । साबिक गुगौली गाविस तथा हाल विजयनगर गाउँपालिका वडा न १ मा यो गाउँ परेको छ ।राजमार्ग वाट भने ३ वटा खोला तरेपछि यो गाउँमा पुग्न सकिन्छ । बाटोमा जङ्गल खोला र केही बस्तीहरू पर्ने भएकाले मनोरमका दृश्य पनि देख्न सकन्छ ।
विजयनगर गाउँपालिकाले यस वर्ष देखी यस गाउँमा होमस्टे निमार्ण तथा सञ्चालनको लागी अवधारण अघि सारेका छ । गाउँपालिकाको लगानीमा यस गाउँमा नमुना होमस्टे सञ्चालन गर्ने गाउपालिक प्रमुख गोपाल थापाले बताए । उनले भने–“यस गाउँमा होमस्टे गाउँपालिका सञ्चालन गरेर विकाश तथा गाउँका स्थानीयहरूलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ ”गाउँपालिकाकै विकट ठाउँ भनेर चिनिने यो बस्तीको विकाशको लागी नमुना होमस्टेको योजना ल्याउनु गौरवको कुरा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेको छ ।यस वर्ष देखी नै होमस्टे निमार्णको काम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताए ।चौधरी भने –“यस पटक होमस्टे निमार्ण को लागी २० लाख बजेट छुट्याएका छौ तर यस बजेटले मात्र पुग्दौ यसलाई निरन्तरता दिने छौ” ।
आन्तरिक र बाह्य पर्यटकलाई आर्क्षित गरी स्थानीय स्तरमै आय आर्जन गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्नलाई कार्यक्रम गर्न लागेको चौधरीले बताए । पछिल्लो समय नेपाली युवायुवतीहरुको आर्कषक गन्तव्यस्थलको रूपमा नेपालकै ग्रामीण होमस्टेहरु पर्न थालेपछि यो क्षेत्रमा आवश्यकताको महसुस अनुसार सुरु गरिएको चौधरीले बताए ।
पहिलो पटकमा २० जना पर्यटक बस्ने होमस्टे निमार्ण गरिने योजना रहेको उनले बताए । दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका होमस्टेमा पुगी पारिवारिक वातावरणमा भान्सा घरमा बसेर थारु, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाई छ । होमस्टे सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक तथा जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको बताइएको छ ।गाउँमा पुग्दा जगंल पर्ने भएकोले जङ्गललाई व्यावस्थित बनाई बाटोमा किनारमा आकर्षक फुलहरू रोपेर मनोरम बनाउने गाउँपालिकाको योजना रहेको चौधरीले बताए ।गाउँपालिकाको यो योजनालाई स्थानीयहरूले स्वागत गरेका छन् ।