ल हेर्नुहोस् २०७५ सालमा कुन-कुन दिन बिदा छ ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ल हेर्नुहोस् २०७५ सालमा कुन-कुन दिन बिदा छ !



काठमाडौं । सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ ।

वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन ल असोज ३ गते राष्ट्रिय दिवसको बिदा हुनेछ । साथै दिवसअन्तर्गत मजदुर र अन्तराष्ट्रिय महिला दिवसका दिन देशभर विदा हुनेछ ।

बुद्ध जयन्तीको दिनपनि देशभर विदा हुनेछ ।

दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ ।

काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

https://drive.google.com/file/d/0BzUnR7E8VBh9Z2p4Zi1YTk5Va2o3OUFCaU1DVTZFTXNSMGlv/view