होली नआउदै यसरी खेले 'होली' गायक रमेश राज भट्टराई (भिडियो सहित) - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

होली नआउदै यसरी खेले ‘होली’ गायक रमेश राज भट्टराई (भिडियो सहित)



समीर प्रकाश पाण्डे

फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। यही पर्वलाई लिएर हालै मात्र गायक रमेश राज भट्टराईले ‘होली’ बोलको गीत सार्वजनिक गरेका छन् ।

रमेश राज भट्टराईको शब्द भएको गीतमा नायक तथा मोडल सुनिल क्षेत्री, अलिसा शर्मासँगै बालकलाकार एभिलिना खड्का र उत्सर्ग भट्टराई अभिनय रहेको छ ।

गीतलाई दीपेन्द्र तिमल्सीनाले निर्देशन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।