‘होली वाइन’ मातालाई ६ वर्षे कैद सजाय,कारण यस्तो ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

‘होली वाइन’ मातालाई ६ वर्षे कैद सजाय,कारण यस्तो !



काठमाडौँ । दक्षिण कोरियाली क्रिश्‍चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्षे कैद सजाय सुनाएको छ ।

उनी गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गरी केपी ओली सरकारलाई विवादमा तान्ने संस्थाकी प्रमुख हुन् ।

बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना ४ सयजना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी प्रमाणित गरेको हो।

ती अनुयायीको राहदानी जफत गरी उनीहरूको प्रेत भगाउने नाममा चरम यातना दिएको अदालतको ठहर छ ।

गत वर्ष डिसेम्बरमा नेपाल आई प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको विशेष साथसहयोगमा उनको संस्थाले नेपालमा विवादास्पद ‘होली वाइन’ सम्मेलन आयोजना गरेको थियो ।

आफूलाई ईश्‍वरकी छोरी दाबी गर्ने उनले सम्मेलनका सहभागीलाई ‘होली वाइन’ बाँडेकी थिइन् । उनी ‘होली वाइन’ माताका रूपमा चर्चित छन् ।

क्रिश्‍चियन धर्मप्रचारक उक्त संस्थाको नेपाल हर्ताकर्ता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हुन् ।